चैत्र १४ । अमेरिकाको प्रतिष्ठित फर्मुला वानको प्रतियोगिता इन्डियानापोलिस ५०० स्थगित भएको छ।
विश्वमा फैलिएको कोरोना भाईरसको कारण आगामी मे महिनामा हुने प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता आगामी अगस्ट २३ सम्म स्थगित गरिएको आयोजकले जनाएको छ। यस अघि प्रतियोगिता मे २४ मा हुने तालिका रहेको थियो।
कोरोनाबाट प्रभावित हुने राष्ट्रमा अमेरिका पनि अग्रस्थानमा आउछ। अमेरिकामा पनि एक हजार बढी मानिसको मृत्यु भईसकेको छ। जसको कारण आयोजकले प्रतियोगिता अगस्टसम्मको लागि स्थगित गरेको हो।
कोरोनाको कारण यस अघि विश्वभरमा ८ फर्मुला वानको प्रतियोगिता स्थगित भईसकेको छ। एजेन्सी
Facebook Comments