कावासोती, चैत्र १४ । नवलपरासीको मध्यविन्दु नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गए राति मध्यविन्दु नगरपालिका–७ अम्रसास्थित भित्री सडकखण्डमा ना ४३ प २९८ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मध्यविन्दु नगरपालिका–७ चोरमारा बस्ने २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।
दुर्घटनामा परी घाइते सोही स्थान निवासी ३० वर्षीय बुद्धिराम महतोको भरतपुरमा उपचार भइरहेको छ। मोटरसाइकल चालक ४२ वर्षीय यमबहादुर पौडेल सामान्य घाइते भएको र प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए। रासस
Facebook Comments