दार्चुला, चैत्र १३ । दार्चुलामा क्वारेन्टाइनमा राखिएका चार जना क्वारेन्टाइन छोडेर भागेका छन्।
जिल्लाको अपिहिमाल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका ८ जना मध्ये ४ जनाले क्वारेन्टाइन छोडेर भागेका हुन्। भारतको बङलोरबाट आएका एकै परिवारका ४ जनाले क्वारेन्टाइन छोडेर भागेको छन्।
प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरू भाग्न सफल भएका थिए। उनीहरुलाई परामर्श दिइ गाउँपालिकाको वडा नम्बर ५ रेलामा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ।
Facebook Comments