महोत्तरी, चैत्र १३ । महोत्तरीमा लकडाउनको अवज्ञा गर्ने ५०० बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउनको अवज्ञा गर्दै सवारी चलाउने ५०० सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।
उनले नियन्त्रणमा लिएका सबै सवारी साधन एक सातापश्चात् सवारीधनीलाई बुझाउने बताए। साथै यदि सरकारले लकडाउनको म्याद थप गरेमा त्यसपछि मात्रै सवारी साधन धनीलाई बुझाउने प्रहरी उपरीक्षक अधिकारीले बताए।
अवज्ञा गर्ने सवारी साधनमा सबैभन्दा बढी सदरमुकाम जलेश्वर, त्यसपछि बर्दिबास, गौशाला, मटिहानी, सम्सी, पिपरालगायत बजार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस
Facebook Comments