चैत्र १३ । स्पेनिस फुटबल महासंघ (आरएफईएफ)ले कोरोना भाईरसका कारण आर्थिक रुपमा संघर्ष गरिरहेका फुटबल क्लबलाई सहयोगका लागि ५ सय मिलियन युरोको सहयोग घोषणा गरेको छ।
म्याच खेल्न जान नसकेको अवधिमा टेलिभिजन अधिकारमाथि दाबी गर्न नसक्ने क्लबलाई सो रकम सहयोग गर्ने महासंघले जनाएको छ।
रकम पाँच बर्षको अवधिमा भुक्तान गरिने जनाईएको छ।
महासंघले गैर व्यवसायीक महिला तथा पुरुष टिमलाई समेत करिब ४ मिलियन युरो ऋण दिने बाचा गरेको छ।
‘हामी ला लिगासंग बैठक गर्न चाहन्छौ र क्लबहरुको समस्याको बिषयमा छलफल गर्न चाहन्छौ।’ महासंघका अध्यक्ष लुईस रुबेलिसले भनेका छन्।
कोरोनाबाट धेरै प्रभावित हुने मुलुकमा स्पेन समेत एक हो। चीन भन्दा समेत स्पेनमा कोरोनाबाट धेरै मानिसको ज्यान गएको छ। बुधबारसम्म ३४ सय ३४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। ईटालीपछि कोरोनाबाट ज्यान गुमाउने स्पेनमा धेरै भएका छन्।
महासंघका अध्यक्ष रुबेलिसले मनोवैज्ञानिक र फिजियोथेरापिस्ट सहित राष्ट्रिय टिमका होटल र कर्मचारीलाई देशको स्वाथ्य सेवामा उपयोग गर्न आग्रह गरेका छन्।