काठमाडौं, चैत्र १३ । गएको मङ्गलबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ घट्न थालेको छ।
बिहीबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ७२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो अर्थात् एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो।
मङ्गलबारको भाउमा ५१ पैसाले घटेर बुधबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ८३ पैसा तोकिएको थियो। बिहीबार त्यसमा पनि ११ पैसाले घटेको हो।
आज अमेरिकी डलर १ को खरिददर १ सय २१ रुपैयाँ १२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























