काठमाडौं, चैत्र ११ । कोरोना संक्रमण फैलिन नदिन भइरहेका प्रयास र नयाँ रणनीतिबारे छलफल गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलवार पनि बस्ने भएको छ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्न लागेको रक्षामन्त्री पोखरेलका निजी सहयोगी दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले मंगलवारदेखि १८ गतेसम्मको लागि देशभर लक–डाउन गर्ने निर्णय गरेको थियो। स्रोतका अनुसार भारतबाट फर्केर सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धारको विषयमा पनि बैठकमा छलफल हुनेछ।
Facebook Comments