कास्की, चैत्र १० । फेवातालमा एक जनाको शव फेला परेको छ। बिहान करिब पौने १० बजे लेकसाइडस्थित गौरीघाटमा शव फेला परेको हो। पोखरा महानगरपालिका ६ लेकसाईड स्थित नाम थर नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शव झिक्न नेपाल आर्मी सेकन्ड रेन्जर वटालियनका विष्णु थापामगरको कमान्डको टोली र नेपाल प्रहरी बैदामबाट खटिएको इन्सपेक्टर बुद्धिसागर गिरीको कमाण्डमा खटिएको टोलीले फेवातालमा तैरिइरहेको शव झिकेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments