चैत्र १० । बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा जेल सजाय काटिरहेका हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी विनस्टीन कोरोना भाइरस (कोभिड(१९) संक्रमित भएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार, विनस्टीनलाई न्यूयोर्कको एल्डेनस्थित कारागार वेन्डे करेक्शनल फेसिलिटीमा आइसोलेशनमा राखिएको छ।
त्यहाँका अन्य दुई कैदीमा पनि कोरोना पोजिटिभ देखिएको कारागारका एक अधिकारीले बताएका छन्। बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा ६७ वर्षीय हार्वीलाई गएको महीना न्यूयोर्कमा दोषी ठहर गर्दै २३ वर्षको जेल सजाय सुनाइएको थियो।
हलिउड अभिनेत्री एन्जोलिना जोली र पाल्त्रोवलगायत हलिउडसँग जोडिएका करीब ८० भन्दा बढी महिलाले निर्माता विनस्टीनमाथि यौन उत्पीडन र बलात्कारको आरोप लगाएका थिए। बीबीसी
Facebook Comments