काठमाडौँ, चैत ९ । वीरगञ्जका व्यवसायी शिवकुमार रूगंटालाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नभएको पुष्टी भएको छ। कोरोना भाइरस संक्रमणको आशंकामा भारतको पटनास्थित मेडिकल कलेज अस्पतालमा भर्ना भएका रूगंटालाई अस्पतालले संक्रमण नदेखिएको पुष्टी गरेको हो। आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो।
यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतिजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले जानकारी दिए। यसअघि रूगंटालाई कोरोना भएको पुष्टी भएको भन्दै हल्ला फैलाएको थियो।
Facebook Comments