चैत्र ९ । गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छिन्। तर, संक्रमित भएपनि उनले देखाएको व्यवहारले सबै बलिउड सदस्यहरुलाई आश्चर्यचकित पारेको छ। मिडिया रिपोर्टका अनुसार उनीविरुद्ध उपी सरकारले मुद्धा दायर गरेको छ।
कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएसँगै उनीविरुद्ध मुद्धा दर्ता गरिने भएको हो।
उनी आइसोलेशनमा नबसेको र उनले भाइरस फैलाउने काम गरेको आरोप लागेको छ। उनी आइसोलेशनमा बस्नुपर्नेमा खुलेआम कार्यक्रममा हिडेपछि अन्यलाई पनि भाइरस सरेको हुनसक्ने बताइएको छ।
Facebook Comments


























