चैत्र ९ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ।
स्पेनको एक अस्पतालमा शनिबार राति ७६ वर्षे लोरेन्जोको निधन भएको बीबीसीले जनाएको छ।
आठ दिनबाट अस्वस्थ्य भएका लोरेन्जो बिहिबार मात्र अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएपछि चेक जाँचमा उनलाई कोरोनाको संक्रमण देखिएको थियो।
लोरेन्जो सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहेका थिए। उनी अध्यक्ष हुँदा रियलले दुई पटक युरोपियन कप जितेको थियो। एजेन्सी
Facebook Comments


























