चैत्र ८ । मेलबर्न सिटीले अष्ट्रेलियाको महिला लिग फुटबलको उपाधि जितेको छ।
शनिबार भएको फाइनलमा सिड्नी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै मेलबर्न च्याम्पियन्स बनेको हो।
मेलबर्नको जितमा स्टेफ क्याटलीले खेलको १५ औं मिनेटमा निर्णायक गोल गरिन्। यससँगै मेलबर्नले चौंथो पटक लिगको उपाधि जितेको छ। र, चार पटक लिगको उपाधि जित्दै मेलबर्नले इतिहास रचेको छ। एजेन्सी
Facebook Comments






















