चितवन, चैत्र ८ । चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानी अवस्थित अम्ब्रेला स्ट्रिट बन्द गरिएको छ। विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण अम्ब्रेला स्ट्रिट बन्द गरिएको हो।
नेपाल सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेसंगै अम्ब्रेला स्ट्रिट बन्द गरिएको भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए।
छोटो समयमै अम्ब्रेला स्ट्रिटमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उपस्थिति उत्साहजनक देखिएता पनि कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपाउनु पर्ने आवश्यक देखिएकोले अर्को सूचना जारी नहुन्जेलसम्मका स्ट्रिट बन्द गरिएको अध्यक्ष मतोले जानकारी दिए।
Facebook Comments






















