काठमाडौं, चैत्र ८ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीको मृत्यु भएको हल्ला मात्र भएको अस्पतालका अध्यक्ष बसन्त चौधरीले बताएका छन्। सामाजिक सञ्जालमा हल्ला भएजस्तो अस्पतालमा कुनै कोरोना भाइरस संक्रमितको मृत्यु नभएको चौधरीले बताए।
अस्पतालमा उपचार गराइरहेका ९ जनामध्ये ६ जनालाई कोरोना लागेको र एक जनाको मृत्यु भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको सूचना हल्ला मात्र रहेको बताउँदै चौधरीले हल्लाको पछि नलाग्न आग्रह गरे।
उनले ट्विटमार्फत् नियतबस गराइएको हल्ला भएकाले यस विषयमा साइबर क्राइम ब्यूरोमा जानकारी गराइएको उल्लेख गरेका छन्।
Facebook Comments






















