युएई, चैत्र ८ । विश्वभर महामारीको रुप धारण गरेको कोरोनाभाइरसका कारण युएईमा पहिलो पटक मृत्यु भएको घटना प्रकाशमा आएको छ। युएईका अधिकारीहरुले कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन्। युएईमा यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको थिएन।
युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना संक्रमणबाट भएको मृत्युको पुष्टि गरेको हो। मन्त्रालयले ट्वीटरमार्फत दिएको जानकारीअनुसार युरोपबाट आएका ७८ वर्षीय साउदी नागरिक र युएई बस्दै आएका ५८ वर्षीय एसियन नागरिकको मृत्यु भएको हो।
दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। तीमध्ये एक जनामा मुटुको समस्या र अर्कोमा मिर्गौलासम्बन्धी समस्यासमेत पाइएको अधिकारीहरुको भनाइ छ। युएईमा कोरोना संक्रमितको संख्या १४० पुगेको छ। एजेन्सी
Facebook Comments






















