काठमाडौं, चैत्र ७ । कोरोना भाइरस संक्रमणाको जोखिमलाई मध्यनजर गर्दै काठमाडौंबाट प्रकाशन हुने साप्ताहिक पत्रिकाहरु अनिश्चितकालका लागि बन्द भएका छन्।
शुक्रबार साप्ताहिक पत्रिकाहरुका सम्पादकहरुले एक संयुक्त वक्तव्य जारी गर्दै तत्कालका निम्ति संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने गरेका साप्ताहिक पत्रिकाहरुको प्रकाशन स्थगित गरेका हुन्।
सम्पादकहरुको संयुक्त वक्तव्यमा वैकल्पिक माध्यम (अनलाइन) बाट सूचना प्रवाह भइरहने उल्लेख गरिएको छ।

Facebook Comments






















