काठमाडौं, चैत ७ । कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्च स्तरीय समितिको बैठक शुक्रबार साँझ बस्ने भएको छ।
समितिका सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले शुक्रबार साँझको बैठकले कोरोना भाइरस रोक्नेबारे थप निर्णय लिने बताए। के के निर्णय गर्दै छ भन्नेबारे उनले केही बताएनन्।
अहिलेसम्म २५ भन्दा बढी मानिस जम्मा नहुन, स्कुल कलेज बन्द गर्न लगायतका निर्देशन दिने काम समितिले गरिसकेको छ।
अहिले नेपालमा कोरोना संक्रमित कोही पनि भेटिएका भने छैनन्। विश्वमहामारीको रूप लिएको कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको हो।
Facebook Comments






















