चैत्र ७ । बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छन्। लखनउको एक अस्पतालमा उनको उपचार भइरहेको छ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार गायिका कनिका लन्डनबाट भारत आएकी थिइन्। कोरोना भाइरसको लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणपछि उनमा संक्रमित भएको पुष्टि भएको हो।
कनिकाले ‘बेबी डल’, ‘चिटियाँ कलाइयाँ’ जस्ता कैयौं हिट गीत गाएकी छन्। उनी मार्च १५ मा लन्डनबाट उत्तर प्रदेशको राजधानी लखनउ आएकी थिइन्। लखनउमा उनले सयभन्दा बढी आफन्त तथा शुभचिन्तकलाई पार्टी दिएकी थिइन्।
Facebook Comments






















