काठमाडौं, चैत्र ७ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भेट भएको छ। बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटार ओली प्रचण्डबीच भेटघाट भइरहेको छ।
दुई अध्यक्षबीच कुन विषयमा भेटघाट भएको भन्नेबारे आफूलाई जानकारी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। बैठक अहिले पनि बालुवाटारमा निरन्तर जारी छ।
बुधबार बसेको सचिवालय बैठकपछि ओली प्रचण्डबीच शुक्रबार भेटघाट भएको हो। कोरोना भाइरस प्रभावकारी नियन्त्रणका सम्बन्धमा छलफल भइरहेको बुझिएको छ।
Facebook Comments


























