अस्ट्रेलिया, चैत्र ७ । अस्ट्रेलियामा एउटा क्रुज जहाजका यात्रुमा कोरोनाभाइरस भेटिएपछि सिड्नीमा ओर्लिएका २ हजार ७ सय यात्रुलाई छुट्टै बस्न आपत्कालीन चेतावनी जारी गरिएको छ।
न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुको परीक्षण गरिएकोमा तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका छन्।
जहाज बिहीवार सिड्नीमा रोकिएको थियो। जहाजमा चालकदलका १ हजार भन्दा धेरै मानिस सहित कूल ३ हजार ८ सय जना चढेको बीबीसीले जनाएको छ।
सो जहाज सिड्नीमा फर्कनु अगाडि न्यूजील्यान्ड पुगेको थियो। अस्ट्रेलियाका अधिकारीहरूले सिड्नीको सर्कुलर कीमा झरेका यात्रुहरूसँग सम्पर्क गर्न प्रयास गरिरहेका छन्। एजेन्सी
Facebook Comments


























