काठमाडौं, चैत्र ५ । कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।
भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिए।
उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। उनीहरूलाई सोमबार भर्ना गरिएको थियो। एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको राजभण्डारीले बताए।
सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने राजभण्डारी जानकारी दिए। टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड छ। सबैमा बिमारी छन्।
थप शंकास्पद बिरामी आए पाटन अस्पतालमा पठाइने निर्देशक राजभण्डारीले बताए।
Facebook Comments


























