काठमाडौं, चैत्र ५ । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ।
सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने आज घटबढ भएको छैन। चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Facebook Comments

























