अछाम, चैत्र ५ । अछाममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ का वडासदस्य मानसिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार बिहान लडेको अवस्थामा साउंदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
Facebook Comments

























