स्पेन, चैत्र ४ । कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको निधन भएको छ। ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो।
उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए। कोरोना भाइरसको संक्रमणको लक्षणसहित उनी अस्पताल गएपछि मात्रै उनमा क्यान्सर पनि रहेको थाहा भएको थियो।
उनलाई स्वासप्रस्वासमा समस्या भएको थियो। उनी अस्पताल गएपछि कोरोना भाइरस तथा निमोनियासँगै क्यान्सर पनि रहेको थाहा भएको थियो। उनको आइतबार अबेर निधन भएको हो।
मालागामा कोरोना भाइरसका कारण निधन उनी कम उमेरका व्यक्ति हुन्। मालागामा कोरोनाका कारण मृत्यु भएका अरु चारजना ७० वर्ष भन्दा माथिको उमेरका छन्।
Facebook Comments


























