चैत्र ३। इङ्लिस प्रिमियर लिगको ‘हल अफ फेम’ कार्यक्रम स्थगित भएको छ।
चीनबाट विश्वभर फैलिएको कोरोना भाईरसको कारण हल अफ फेम कार्यक्रम स्थगित गरिएको हो। प्रिमियर लिगले हल अफ फेम कार्यक्रम मंगलबार आयोजना गर्ने तयारी गरेको थियो। तर, कोरोनाले महामारीको रुप लिएपछि तत्कालको लागि स्थगित गरिएको हो।
प्रिमियर लिगले दुई पूर्व खेलाडीलाई हल अफ फेमबाट सम्मान गर्ने जनाएको थियो। प्रिमियर लिगले औपचारिक रुपमा सम्मानित हुनेको नाम भने सार्वजनिक गरिएको छैन। तर, एलन शियरर र थियरी हेनरी हल अफ फेमबाट सम्मानित हुने बताईएको छ।
हल अफ फेम कार्यक्रम अप्रिल पछि आयोजना गरिने प्रिमियर लिगले जनाएको छ। कोरोनाको कारण बेलायतमा आगामी अप्रिल ३ सम्मका लागि सबै खेलकुद गतिविधि बन्द गरिएको छ। एजेन्सी
Facebook Comments


























