काठमाडौं, चैत्र ३ । साताको दोस्रो दिन (सोमबार) पुँजी बजार मापक नेप्से ३.३५ अङ्कले बढेको छ। नेप्से बढेर १३१६.३९ अङ्कमा पुगेको छ।
आज १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
आज म्युचुअल फन्ड, उत्पादन तथा प्रशोधन र होटलबाहेक सबै उपसूचकहरू हरियो भएका छन्। सबैभन्दा बढी निर्जीवन बिमा कम्पनी समूहको उपसूचक ५३.८४ अङ्कले बढेका छ। यसैगरी, जीवन बिमा कम्पनी समूहको उपसूचक पनि ४८.७८ अङ्कले बढेको छ।
कारोबार रकममा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। उक्त इन्स्योरेन्सको १५ करोड ४० लाख रुपैयाँको सेयर किनबेच हुन पुग्यो। यसैगरी, दोस्रो र तेस्रो बढी कारोबार हुनेमा क्रमशः एनआइसी एशिया र एनएमबी बैंक छन्।
एनआइसी एशिया बैंकको १२ करोड ८१ लाख र एनएमबी बैंकको ९ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार हुन पुग्यो।
Facebook Comments


























