ललितपुर, चैत्र ३ । ललितपुर महानगरपालिका–१३ नख्खुदोबाटो बस्ने ७२ वर्षीय काईचा महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा काईचा महर्जन, गोपीलाल तामाङ, रुद्र बहादुर थापा, प्रेम गुरुङ, राम पाख्रिन र सन्तबहादुर घले छन्।
महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।
Facebook Comments

























