भैरहवा, चैत्र ३ । भैरहवाको यूनिभर्सल मेडिकल कलेजमा उपचाररत बिरामीको मृत्यु भएपछि डक्टरमाथि कुटपिट भएको छ। सोमबार बिहान डक्टरको लापरवाहीको कारण नवलपरासी बर्दघाटका ५० वर्षीय यमकुमारी बुढामगरको मृत्यु भएको भन्दै डक्टरमाथि आक्रमण भएको हो।
बुढामगरको टाउकोमा रगत जमेको कारण आइसीयु कक्षमा उपचार भइरहेको थियो। कुटपिटबाट घाइते भएका डाक्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
आक्रोशित समूहले अन्य १५ जना डाक्टरमाथि पनि कुटपिट गरेको छ।
Facebook Comments






















