काठमाडौं, चैत्र ३ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको छ। हजारौं मानिसको मृत्यु भएको छ।
१ लाख ७० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। संसार नै तहसनहस बनाउने अवस्थामा पुगेको कोरोना भाइरसबारे केही भ्रम पनि फैलाइएको छ।
यसले मानिसहरु भयभीत छन्। हामी यहाँ तपाईंलाई त्यस्ता भ्रम चिर्न मद्दत मिल्ने केही जानकारी प्रस्तुत गर्दैछौं।
१) चिसोमा भन्दा तातोमा कोरोना भाइरसको संक्रमण हुन सक्ने अवस्था कम भएकाले शरीरलाई तातो राख्नु उत्तम हुन्छ।
२) कोरोना भाइरस कमजोर भाइरस भनिए पनि औषधि र खोप पत्ता नलागिसकेकाले यसबाट जोगिनु नै उत्तम हुन्छ।
३) दीर्घ रोगी, बृद्धबृद्धा तथा रोगसँग लड्ने क्षमता नभएका व्यक्तिलाई मात्र कोरोनाको संक्रमण हुने जोखिम उच्च रहन्छ।
४) अनावश्यक भ्रम फैलाइएका विश्वासिलो सञ्चारमाध्यको सूचनालाई मात्र आधार मानौं, भयभीत नबनौं।
५) मास्कको प्रयोग गर्ने र पटकरपटक हात धुँदा कोरोना भाइरसको संक्रमण सिधै नहुन सक्छ।
६) हात नधोई बिना कारण पटक पटक मुख तथा नाकमा हात लानु हुँदैन।
७) खोक्दा वा हाच्छ्यूँ गर्दा अनिवार्य रुमालले नाक र मुख छोपेर मात्र गर्नु पर्दछ।
८) खोकी वा हाच्छुयूँपछि तत्काल साबुन पानीले हात धुनु पर्दछ।
९) जंगली तथा घरेलु पशुपंक्षीहरुको सम्पर्कबाट भरसक टाढा रहने गर्नुपर्दछ।
१०) पशुजन्य मासुरअण्डा राम्रोसँग पाकेको मात्र खानु पर्छ।
११) कोरोनाको संक्रमणबाट बच्न भीडभाडमा नजाने अर्को राम्रो विकल्प हो।
१२) कोरोनाको हल्ला अनुसारको सत्यता छैन। यसको मृत्युदर निकै कम छ।
१३) १ सय ४ डिग्री भन्दा बढी ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा, रुघाखोकी लागेमा कोरोना भाइरसको लक्षणहरु हुन्।
यी लक्षणहरु देखिएमा तत्काल उपचारका लागि अस्पतालमा जानुपर्दछ।























