चैत्र ३ । अमेरिकाका बास्केटबल खेलाडी क्रिस्टियन वुडलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। एनबीए क्लब डेट्रोइट पिस्टोन्सका खेलाडी वुडमा कोरोनाको संक्रमण देखिएको हो।
पिस्टोन्सले एक विज्ञप्ति निकाल्दै वुडलाई कोरोनाको संक्रमण पोजिटिभ देखिएको र उनी अहिले आईसोलेसनमा रहेको जनाएको छ। कोरोनाबाट संक्रमित हुने वुड तेस्रो बास्केटबल खेलाडी हुन्।
यस अघि रुडी गोबर्ट र डोनोभान मिचेलमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट सुरु भएको कोरोना भाईरसको कारण अमेरिकामा सबै खेलकुद गतिविधि बन्द गरिएको छ। एजेन्सी
Facebook Comments


























