चैत्र ३ । स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाँचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका छन्।
७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने र खोक्नु परेको कारण क्वारेन्टाइनमा बसेको समेत बताएका छन्। तर,आफ्नो अवस्था अहिले सामान्य रहेको उनले बताएका छन्।
“मलाई सामान्य फ्लुको लक्षण मात्र महसुस हुन्छ”, उनले भनेका छन्।
कोरोनाको कारण स्विजरल्याण्डमा अहिले सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको छ। स्विजरल्याण्डमा अहिले कोरोनाको संक्रमण २ हजार बढी पुगिसकेको छ। एजेन्सी
Facebook Comments






















