भोजपुर, चैत्र २ । जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्म कैदको फैसला सुनाएको छ। अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर– २ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई जन्म कैदको फैसला गरेको हो।
अभियुक्तद्धोयले गत श्रावण ८ गते खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर –१ फेदि घर भएकी ४८ वर्षीय भइमाया राई (गुरुङ) को कुटपिट गरी हत्या गरेको अदालतले जनाएको छ।
उनीहरुलाई जिल्ला न्यायाधिस गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोहि ऐनको १७७ (२) बमोजीम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही रु ५० हजार क्षतीपूर्ती भराउने समेत फैसला भएको अदालतले जनाएको छ।
उनीहरुले सामान्य विवादपछि उल्टो पट्टीबाट खुकुरी प्रहार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

























