काठमाडौं, चैत्र २ । कलाकार विल्सनविक्रम राईले ‘सेल्फी खिचौंला ए माया’ बोलको गीत बजारमा ल्याएका छन्। युट्यबुमार्फत सार्वजनिक गरिएको गीतमा विल्सनकै शब्द रचना रहेको छ।
गीत कमेडी शैलीको छ । दीपक शर्माले संगीत दिएको यो गीतमा विल्सनसँगै मेलिना राईको पनि स्वर सुन्न सकिन्छ।
विल्सनले नै निर्देशन गरेको गीतको भिडियोमा सुरेन बसेलको कोरियोग्राफी छ भने भिडियोमा बुद्दि तामाङ, रजनी गुरुङ, विक्रम धिमाल र विल्सन आफैले तक्मे बुढाको भूमिकामा अभिनय गरेका छन्।
भिडियोलाई विक्रम डिसीले छायांकन गरेका हुन् भने मनोज कार्कीको सम्पादन रहेको छ।
Facebook Comments

























