काठमाडौं, चैत्र २ । झापाबाट कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं ल्याइएका विरामीमा फ्लू देखिएको ग्राण्डी अस्पतालले जनाएको छ।
विराटनगरको नोबेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशंकामा काठमाडौं पठाएको थियो। कोरोनाको आशंकामा उनको थप उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।
फ्लूका कारण निमोनिया समेत भएका ती विरामीको आइसीयूमा राखेर उपचार भइरहेको ग्राण्डीका बरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डेले जानकारी दिए। उक्त विरामीको फ्लू लगायत अन्य संक्रमणको सम्पूर्ण जाँच गराएको छ भने साँझसम्ममा रिपोर्ट आइसक्ने उनले बताए।
झापाबाट ल्याइएको विरामीमा भने कोरोना भाइरसको सङ्क्रमणभन्दा पनि मौसमी फ्लू भएर उनलाई निमोनिया भएकाले आइसियूमा राखिएको उनले बताए।
Facebook Comments


























