काठमाडौं, चैत्र २ । सुनसहित एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं दरबारमार्गबाट सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल भक्तपुर दुवाकोट बस्ने भिम बहादुर तामाङलाई युपिङ गोल्ड एक किलो फाइन गोल्ड ९९९–९ वाई–१८५२६७ लेखिएको सुन १ थान सहित प्रहरीले पक्राउ गरेको हो।
सोही ठाउँस्थित शंकास्पद अवस्थामा हिँडिरहेका तामाङको साथमा उक्त धातु फेला पारी प्रहरीले पक्राउ गरेको हो।
Facebook Comments


























