काठमाडौं, चैत्र २ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अहिले सात वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री र स्थानीय तहका प्रमुखहरुसँग छलफल गरिरहेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा सातै प्रदेशमा कोरोनाको संक्रमण रोक्न, त्यससम्बन्धी प्रदेश सरकारको तयारी र केन्द्र सरकारले गरेको आवश्यक तयारीबारे छलफल भइरहेको हो
उपप्रधानमन्त्री एबं कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा जारी बैठकमा केन्द्र सरकारका मन्त्रीहरुका साथै विभिन्न मन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन्।
Facebook Comments






















