काठमाडौं, चैत्र २ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुनातिलकाबीच आइतबार शिष्टाचार भेट भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदुत अरुनातिलकाले सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन।
‘भेटमा सभामुख सापकोटाले नेपाल र श्रीलंकाबीच ६३ बर्षदेखि कुटनीतिक सम्बन्ध रहेको स्मरण गर्दै दुई देशबीच साँस्कृतिक सम्बन्ध सुदृढ रहेको चर्चा गर्नुभयो,’ सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
Facebook Comments


























