म्याग्दी, चैत्र २ । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ।
मृतक पुन र गर्बुजा छिमेकी हुन्।
Facebook Comments

























