चितवन, चैत्र १ । चितवनको माडीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाईते भएकाछन्। घाइते हुनेहरुमा मोटरसाइकल चालक शंकर महतो र उनका २ नाति रहेकाछन्।
माडी नगरपालिका वडा नं- ४ सिधुवामा शनिवार बिहान साँढे ९ बजेको समयमा दुई नातीलाई स्कुल पुर्याउने क्रममा ना ७ ख ४६४८ नम्वरको टिपरले ना ६ ख ४५६६ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो।
घाइतेहरूको बघौंडा अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने टिपर सहित चालक ईलाका प्रहरी कार्यलय माडीले नियन्त्रणमा रहेको छ।
Facebook Comments


























