चैत्र १ । भारत र दक्षिण अफ्रिकाबीचको ३ खेलको वान डे सिरिज रद्द भएको छ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो। बिहिबार तय भएको पहिलो खेल खराब मौसमका कारण हुन सकेको थिएन।
सिरिजका बाँकी दुई खेल लखनउ र ईडेन गार्डेनको बन्द रंगशालामा खेलाउने बताईए पनि अन्तिम समयमा आएर रद्द गरिएको हो। खेल नहुने भएपछि दक्षिण अफ्रिकाको टिम अब स्वदेश फर्किने भएको छ।
Facebook Comments


























