काठमाडौं, फागुन ३० । नेपालले सगरमाथा आरोहण बन्द गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै नेपालले सगरमाथा आरोहण बन्द गर्ने निर्णय गरेको हो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहीबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णयमा भनिएको छ,‘ ’सन् २०२० को सगरमाथा आरोहणका लागि हालसम्म जारी गरिएका र गर्न लागिएका अनुमति तत्कालका लागि स्थगित गरिएको छ।’
सरकारले ३० अप्रिलसम्मका लागि पर्यटक भिसामा रोक लगाउने निर्णय गरेको छ।
यसैगरी मार्च १४ बाट लागु हुने यो नियममा सरकारले त्यसयता नेपाल आउने विदेशी, नेपाली वा गैर आवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि गरेको छ।
चीनले यसअघि नै चिनियाँ बाटा हुँदै सगरमाथा आरोहण बन्द गरेको थियो।
Facebook Comments

























