काठमाडौं, फागुन ३० । एनसेलले ‘कल आयो पैसा पायो’ अफर बोनसका साथ ल्याएको छ। यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको रु २ बोनस दिइनेछ।
२८ फागुनदेखि अफर तीन महिनासम्म चल्नेछ। विदेशबाट कलमा कुरा गर्दा पहिलो दुई मिनेट पछि हरेक मिनेट ११ मिनेटसम्म रु।२ को दरले बोनस पाउने एनसेलले जनाएको छ। यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा रु २० सम्म बोनस दिइनेछ।
यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ।
Facebook Comments

























