जनकपुरधाम, फागुन ३० । मदिराको सेवनबाट होली पर्वका दिन धनुषामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अत्याधिक मदिरा सेवनको कारण क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका ५ जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जना गरी ६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन्।
मदिरा सेवन गरेका रमदैयाका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।
Facebook Comments

























