कैलाली, फागुन ३० । धनगढीको मोहना पुल नजिकै विद्युतीय रिक्सामा बेहोसअवस्थामा भेटिएका एक जनाको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै बिहीबार मृत्यु भएको छ।
मृत्यु हुनेमा नुवाकोटको विदुर नगरपालिका–१ निवासी भैरवजंग पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मृत्यु हुनाका कारण खुल्न नसकेको र मृतकको शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
Facebook Comments

























