फागुन ३० । चीनबाट फैलिएको कोरोना भाईरसको कारण अमेरिकाको सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरिएको छ।
कोरोनाले विश्वभर महामारीको रुप लिएपछि अमेरिकाले कम्तिमा एक महिनाको लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गरेको हो। खेलकुद गतिविधि बन्द भएसँगै अमेरिकाको मेजर लिक सकर (एमएलएस) लिग फुटबल, एनबीए, नेसनल हक्की र मेजर लिक बेसबलको खेलहरु स्थगित भएको छ।
कोरोनाको कारण पछिल्लो समय विश्वभरका खेलकुद गतिविधि समेत प्रभावित भएको छ। ओलम्पिक, युरोकप लगायतका खेलकुदका केहि ठुला प्रतियोगिता समेत स्थगित गर्ने तयारी भईरहेको छ। एजेन्सी
Facebook Comments

























