फागुन ३० । युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेष्टर युनाईटेडले शानदार जित निकालेको छ।
बिहिबार राति भएको खेलमा युनाईटेडले करिब ५ सय दर्शकको उपस्थितीमा अष्ट्रियाको लास्कमाथि ५–० को जित निकालेको हो। ओडियन इल्लूको गोलसंगै युनाईटेडले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो। ३० बर्षका नाईजेरियन फरवार्डले सुरुवाती तीन खेलमा चार गोल गरिसकेको छन्। युनाईटेड पछिल्ला सबै प्रतियोगिताका ११ खेलमा अपराजित छ।
म्यान्चेष्टर डर्बीको खेलमा उतारेको टिममा प्रशिक्षक ओले गुनर सोल्सायरले ५ खेलाडी परिवर्तन गरेका थिए। अष्ट्रिया क्लबबिरुद्वको खेलमा उनी आत्मविश्वासी देखिए। जुवान माटा, ड्यानियल जेम्स र ह्यारी मगुईरीले परिवर्र्तित टोलीमा स्थान बनाएका थिए।
जेम्सले ५९ औ मिनेटमा युनाईटेडका लागि दोस्रो गोल गरे। त्यस्तै, माटा, मासन ग्रिनउड र एन्ड्रिास परेराले गोल गर्दै युनाईटेडलाई शानदार जित दिलाए। युरोपियन प्रतिस्पर्धामा युनाईटेडले अष्ट्रियाको क्लबबिरुद्वको खेल गुमाउनु परेको छैन।
पहिलो लेगमा प्राप्त जितले युनाईटेड क्वार्टरफाईनल प्रवेशको नजिक पुगेको छ। एजेन्सी














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











