काठमाडौँ, फागुन २९ । गृहमन्त्री रामबहादुर थापाले देश महिला तथा बालबालिका बेचबिखनाबाट आक्रान्त बनिरहेको बताएका छन्।
बिहीबार संसदमा ‘अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तरगतको पार्लेर्मो अभिसन्धि’ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा थापाले नेपाल महिला तथा बालबालिका बेचखिचन भइहरको बताएका हुन्।
उनले भने, ‘महिला बालबालिका बेचबिखनामा नेपाल पनि आक्रान्त छ। नियन्त्रण गर्न अभिसन्धिले सहयोग गर्छ भन्ने अपेक्षा छ। अनुनमोदनपछि अभिसन्धिले पूर्णता पाउनेछ।’
संसदबाट पारित अभिसन्धि संगठित अपराध अन्तरगत महिला तथा बालबालिका ओसार पसार र बेचबिखनसँग सम्बन्धित रहेको छ। पार्लेमो अभिसन्धिमा नेपाले सन् २०११ मा तस्ताक्षर गरे पनि संसदबाट भने अनुमोदन हुन सकेको थिएन।
अभिसन्धिमाथि दफावार छलफलमा भाग लिँदै सांसद लक्ष्मी परियारले सन्धि अनुमोदनपछि मानव बेचबिखन गर्नेलाई अन्तराष्ट्रिय अदालतमा उपस्थित गराउन बाटो खुलेको बताइन्।
उक्त अभिसन्धिलाई नेपाल बाहेक दक्षिण एसियाका सबै देशले पारित गरिसकेका छन्। त्यस्तै नेकपाका सांसद गजेन्द्र महतले नेपाल प्रहरी पनि संगठित अपराधबाट क्रसित रहेको दाबी गरे।
उनले भने, ‘एउटा पुलिस सरुवा गर्न आइजिपीलाई भन्नु पर्ने अवस्था छ। प्रहरी नै संगठित अपराधमा संलग्न भएको छ। प्रहरीभित्र जरा गाडेर संगठित अपराध सबेको छ।’ अभिसन्धिलाई आरक्षणसहित संसदका दुवै सदनले पारित गरेका छन्।


























