कञ्चनपुर, फागुन २९ । कञ्चनपुरमा एक बुबाले आफ्नै १६ वर्षीय छोराको हत्या गरेका छन्।
भीमदत्तनगरपालिका–२ उल्टाखामका ३९ वर्षीय डम्बर चन्दले १६ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन्।
प्रहरीले हत्यामा संग्लन बुबालाई पक्राउ गरेको छ। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
Facebook Comments


























