काठमाडौं, फागुन २९ । कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका नायव सुब्बा डोरप्रसाद पन्थी ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयबाटै नियनत्रणमा लिएको हो।
अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि अख्तियारवाला ब्यक्तिहरुबाट काम सहज गरिदिएवापत घुस मागेको सूच्नाको आधारमा पुगेको टोलीले पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई कम्पनी रजिस्टारको कार्यालय परिसरबाटै बुधबार पक्राउ गरेको हो।
उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
Facebook Comments






















